फाइल तस्वीर

मुख्य समाचार

भरतपुर महानगरमा शनिबार बिहान ९ बजेदेखि मतगणना

By खबरहब

May 14, 2022

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल पुनः दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवार रहेकाले भरतपुर चर्चामा छ । पाँच दलीय गठबन्धनले रेणुलाई साथ दिएको छ ।