रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी « Khabarhub

रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ।

सानीभेरी १ मा माओवादीका टेकबहादुर पुन विजयी भएका छन्। उनले ५ सय ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे।

सँगै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले ५ सय ४७ मतसहित अग्रता लिएका छन्। कांग्रेस–एमाले गठबन्धनका उनका प्रतिस्पर्धी गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन्।

उपाध्यक्षमा समेत माओवादी केन्द्रकै कमला रोकाले अग्रता लिएकी छन्। पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति