मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता « Khabarhub

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।

कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन् ।

यसैबीच वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतसहित विजयी भए । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै निर्विरोध भएका थिए ।

यस्तै, वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतसहित विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतसहित विजयी भए । वडा नम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतसहित विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : १३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको