फिल्म वितरणमा सक्रियता बढाउँदै मानन्धर « Khabarhub

फिल्म वितरणमा सक्रियता बढाउँदै मानन्धर


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रणवीर सिंह अभिनीत फिल्म ‘जयशभाई जोरदार’ नेपालमा शनिवारबाट प्रदर्शनमा आएको छ ।

शुक्रबार स्थानीय तहको निर्वाचनका कारण हल बन्द हुने भएकाले शनिवारबाट हल खुलेसँगै फिल्म प्रदर्शनमा आएको हो । यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म ‘जयशभाइ जोरदार’ मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका छ । दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्मलाई नेपालमा निर्मातासँगै वितरक रहेका सुनिल मानन्धरले भित्र्याएका हुन् । केही समय फिल्म वितरणमा सक्रिय नदेखिएका मानन्धरले यसअघि साउथ इन्डियन फिल्म ‘ईटी’ नेपाल ल्याएका थिए । मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख (३३ लाख ६० हजार नेपाली रुपैयाँ) मा उक्त फिल्म खरिद गरेको हो ।

उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : १३ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको