कोभिड १९ को लक्षणबाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु « Khabarhub

कोभिड १९ को लक्षणबाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै उत्तर कोरियामा कोभिड १९ को लक्षणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यद्यपि मृत्यु भएकाहरुमध्ये कतिलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने स्पष्ट नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

 यसअघि शुक्रबार उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको थियो । यसबाहेक उत्तर कोरियाले १ लाख ७४ हजार भन्दा धेरैमा ज्वरोको लक्षण देखा परेको जनाएको छ ।

उत्तर कोरियाले दुई दिनअघि मात्रै आफ्नो मुलुकमा कोरोना भाइरसका प्रथम संक्रमित फेला परेको जनाएको थियो । त्यसयता मुलुकमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ अप्रिल महिनाको अन्त्यदेखि कोरोना भाइरसको प्रकोप देखिएको एपीले जनाएको छ ।

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार मुलुकमा २ लाख ४३ हजार ६ सय ६० जना निको भएका छन् भने २ लाख ८० हजार ८ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भाइरससँग जुध्ने रणनीतिबारे शनिबार आयोजित बैठकमा मुलुकमा जारी प्रकोपलाई ऐतिहासिक रुपमा ‘ठूलो बिघ्न’ भनी टिप्पणी गरेको जनाइएको छ । उनले मुलुकमा प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि सरकार र जनता एक हुनुपर्ने समेत बताए ।

उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको खण्डमा ठूलो क्षति हुने जोखिम रहेको बताइन्छ । कमजोर स्वास्थ्य संरचना र २ करोड ६० लाख जनसंख्यामध्ये अधिकांशले कोरोना भाइरस विरुद्ध खोप नलगाएका कारण उत्तर कोरियामा तीव्र गतिमा भाइरस फैलिने चिन्ता रहेको एपीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने