कोभिड १९ को लक्षणबाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु « Khabarhub

कोभिड १९ को लक्षणबाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै उत्तर कोरियामा कोभिड १९ को लक्षणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यद्यपि मृत्यु भएकाहरुमध्ये कतिलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने स्पष्ट नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

 यसअघि शुक्रबार उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको थियो । यसबाहेक उत्तर कोरियाले १ लाख ७४ हजार भन्दा धेरैमा ज्वरोको लक्षण देखा परेको जनाएको छ ।

उत्तर कोरियाले दुई दिनअघि मात्रै आफ्नो मुलुकमा कोरोना भाइरसका प्रथम संक्रमित फेला परेको जनाएको थियो । त्यसयता मुलुकमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ अप्रिल महिनाको अन्त्यदेखि कोरोना भाइरसको प्रकोप देखिएको एपीले जनाएको छ ।

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार मुलुकमा २ लाख ४३ हजार ६ सय ६० जना निको भएका छन् भने २ लाख ८० हजार ८ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भाइरससँग जुध्ने रणनीतिबारे शनिबार आयोजित बैठकमा मुलुकमा जारी प्रकोपलाई ऐतिहासिक रुपमा ‘ठूलो बिघ्न’ भनी टिप्पणी गरेको जनाइएको छ । उनले मुलुकमा प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि सरकार र जनता एक हुनुपर्ने समेत बताए ।

उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको खण्डमा ठूलो क्षति हुने जोखिम रहेको बताइन्छ । कमजोर स्वास्थ्य संरचना र २ करोड ६० लाख जनसंख्यामध्ये अधिकांशले कोरोना भाइरस विरुद्ध खोप नलगाएका कारण उत्तर कोरियामा तीव्र गतिमा भाइरस फैलिने चिन्ता रहेको एपीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४२ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको