भारतमा चारतले भवनमा आगलागीमा परी २७ जनाको मृत्यु « Khabarhub

भारतमा चारतले भवनमा आगलागीमा परी २७ जनाको मृत्यु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

चार तले भवनमा भएको आगलागीमा परी अरु १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेको घटनास्थलमा खटिएका अग्नि नियन्त्रण विभागका सतपाल भारद्वाजले बताए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको जनाइएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।

सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ। नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारु दिने मोदीको घोषणा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : २२ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने