विवाह गर्दै नयनतारा | Khabarhub Khabarhub

विवाह गर्दै नयनतारा


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगकी सफल नायिका नयनताराले विवाह गर्ने भएकी छिन् ।

No description available.

फिल्म निर्देशक विग्नेश शिवनसँगको प्रेमलाई उनले विवाहमा परिणत गर्न लागेकी हुन् । दुवैले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । यी जोडीले आफ्नो प्रेमभाव व्यक्त गर्ने सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गर्ने गर्छन् । नयनताराले आउँदो जुन ९ तारिखमा आफ्नो प्रेमी विग्नेशसँग तिरुपति मन्दिरमा विवाह गर्ने भएकी छन् । यी दुईको विवाह बारे पिंकभिल्लाले पुष्टी गरेको छ ।

No description available.

 

पोर्टलका अनुसार यी दुईको विवाहमा नजिकका नातेदार मात्र सामेल हुनेछन् । पहिला भव्य रुपमा विवाह गर्ने योजना बनाएको यो जोडीले हालै पारिवारिक सदस्यको उपस्थितिमा मात्र विवाह गर्ने जनाएको हो । नयनतारालाई दक्षिण भारतीय फिल्ममा ‘लेडी सुपरस्टार’ भन्ने गरिन्छ । उनलाई यो ट्याग प्रभुदेवाले दिएका थिए । एक समय थियो जब नयनतारा र प्रभुदेवा एक अर्काको प्रेममा थिए । दुवै विवाह गर्न चाहन्थे। तर अचानक दुवैको बाटो छुट्टियो ।

नयनतारा र प्रभुदेवाको प्रेम फिल्म ‘विल्लु’ को सेटबाट सुरु भएको थियो । यस फिल्ममा नयनतारा मुख्य नायिकाको रुपमा देखिएकी थिइन् भने प्रभुदेवाले निर्देशन गरेका थिए । त्यसबेला नयनतारा अविवाहित थिइन् तर प्रभुदेवा विवाहित थिए । दुबैले लामो समय एक अर्कालाई डेट गरेका थिए । दुबै लामो समयदेखि लिभ इनमा रहेको दाबी गरिएको छ । नयनतारा र प्रभुदेवा पनि बिहे गर्न चाहन्थे । तर प्रभुदेवाकी पहिलो पत्नी लताले यस्तो हुन दिइनन् ।

नयनताराको फिल्मी लाइफको कुरा गर्ने हो भने उनले मलयालम फिल्म ‘मानसिंकरे’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस फिल्ममा नयनतारासँग जयराम देखिएका थिए । यसपछि उनले सन् २००५ मा फिल्म ‘अय्या’ मार्फत तमिल फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् र त्यसपछि नयनताराले फिल्म ‘लक्ष्मी’ मार्फत तेलुगु इन्डस्ट्रीमा प्रवेश गरिन् ।

अभिनेत्रीको सबैभन्दा सफल फिल्म ‘चन्द्रमुखी’ थियो । यस फिल्ममा नयनतारासँगै रजनीकान्त देखिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : २४ बजे

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका