विवाह गर्दै नयनतारा « Khabarhub

विवाह गर्दै नयनतारा


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगकी सफल नायिका नयनताराले विवाह गर्ने भएकी छिन् ।

No description available.

फिल्म निर्देशक विग्नेश शिवनसँगको प्रेमलाई उनले विवाहमा परिणत गर्न लागेकी हुन् । दुवैले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । यी जोडीले आफ्नो प्रेमभाव व्यक्त गर्ने सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गर्ने गर्छन् । नयनताराले आउँदो जुन ९ तारिखमा आफ्नो प्रेमी विग्नेशसँग तिरुपति मन्दिरमा विवाह गर्ने भएकी छन् । यी दुईको विवाह बारे पिंकभिल्लाले पुष्टी गरेको छ ।

No description available.

 

पोर्टलका अनुसार यी दुईको विवाहमा नजिकका नातेदार मात्र सामेल हुनेछन् । पहिला भव्य रुपमा विवाह गर्ने योजना बनाएको यो जोडीले हालै पारिवारिक सदस्यको उपस्थितिमा मात्र विवाह गर्ने जनाएको हो । नयनतारालाई दक्षिण भारतीय फिल्ममा ‘लेडी सुपरस्टार’ भन्ने गरिन्छ । उनलाई यो ट्याग प्रभुदेवाले दिएका थिए । एक समय थियो जब नयनतारा र प्रभुदेवा एक अर्काको प्रेममा थिए । दुवै विवाह गर्न चाहन्थे। तर अचानक दुवैको बाटो छुट्टियो ।

नयनतारा र प्रभुदेवाको प्रेम फिल्म ‘विल्लु’ को सेटबाट सुरु भएको थियो । यस फिल्ममा नयनतारा मुख्य नायिकाको रुपमा देखिएकी थिइन् भने प्रभुदेवाले निर्देशन गरेका थिए । त्यसबेला नयनतारा अविवाहित थिइन् तर प्रभुदेवा विवाहित थिए । दुबैले लामो समय एक अर्कालाई डेट गरेका थिए । दुबै लामो समयदेखि लिभ इनमा रहेको दाबी गरिएको छ । नयनतारा र प्रभुदेवा पनि बिहे गर्न चाहन्थे । तर प्रभुदेवाकी पहिलो पत्नी लताले यस्तो हुन दिइनन् ।

नयनताराको फिल्मी लाइफको कुरा गर्ने हो भने उनले मलयालम फिल्म ‘मानसिंकरे’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस फिल्ममा नयनतारासँग जयराम देखिएका थिए । यसपछि उनले सन् २००५ मा फिल्म ‘अय्या’ मार्फत तमिल फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् र त्यसपछि नयनताराले फिल्म ‘लक्ष्मी’ मार्फत तेलुगु इन्डस्ट्रीमा प्रवेश गरिन् ।

अभिनेत्रीको सबैभन्दा सफल फिल्म ‘चन्द्रमुखी’ थियो । यस फिल्ममा नयनतारासँगै रजनीकान्त देखिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : २४ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको