सलमानले सुरु गरे ‘कभी इद कभी दिवाली’ « Khabarhub

सलमानले सुरु गरे ‘कभी इद कभी दिवाली’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरेका छन् ।

मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन सुरु गरिएको बताइएको छ । फिल्मको छायांकन सुरु भएसँगै सलमानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् ।

फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । फिल्मको यो सेड्युल झन्डै १० दिनको हुनेछ । फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो ।

यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए । फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३४ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका