श्रीलकंकाका नयाँ प्रधानमन्त्री भन्छन् – ‘संकट अझ खराब हुन सक्छ’ « Khabarhub

श्रीलकंकाका नयाँ प्रधानमन्त्री भन्छन् – ‘संकट अझ खराब हुन सक्छ’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलकंका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशमा जारी आर्थिक संकट सुध्रिनुअघि अझ खराब हुने बताएका छन् ।

बीबीसीसँग बोल्दै प्रधानमन्त्री विक्रमासिंघेले श्रीलकंकाको अवस्था अझ खराब हुनसक्ने बताएका हुन् ।‌‌

नयाँ प्रधानमन्त्रीले श्रीलकंकाको अर्थतन्त्र ‘छिन्नभिन्न’ भएको भनी व्याख्या गरेको बीबीसीले जनाएको छ । तर उनले श्रीलंककालीहरुलाई संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने सन्देश दिन चाहेको बताए ।

विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उनले भने ‘हामी खानेकुरा खोज्छौँ भोक संकट हुनेछैन ।’ श्रीलकंकामा आर्थिक संकट तथा यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावका कारण केही श्रीलकंकाहरूको दुई छाक खानामा समेत असर परेको बीबीसीले जनाएको छ ।‌

संकटको व्यवस्थापन गर्न नसकेपछि सरकारको विरोधमा श्रीलकंकाभर हिंसात्मक प्रदर्शनहरु भएका थिए । प्रदर्शन शान्त पार्न रणिल विक्रमसिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीका रूपमा उनको यो छैटौँ कार्यकाल हो ।‌ विक्रमसिंघेलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीबार शपथ गराएका थिए ।

यद्यपि उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकटस्थ रूपमा हेरिने गरिएको छ ।‌

तर बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले ‘आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने’ बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट