श्रीलकंकाका नयाँ प्रधानमन्त्री भन्छन् – ‘संकट अझ खराब हुन सक्छ’ | Khabarhub Khabarhub

श्रीलकंकाका नयाँ प्रधानमन्त्री भन्छन् – ‘संकट अझ खराब हुन सक्छ’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलकंका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशमा जारी आर्थिक संकट सुध्रिनुअघि अझ खराब हुने बताएका छन् ।

बीबीसीसँग बोल्दै प्रधानमन्त्री विक्रमासिंघेले श्रीलकंकाको अवस्था अझ खराब हुनसक्ने बताएका हुन् ।‌‌

नयाँ प्रधानमन्त्रीले श्रीलकंकाको अर्थतन्त्र ‘छिन्नभिन्न’ भएको भनी व्याख्या गरेको बीबीसीले जनाएको छ । तर उनले श्रीलंककालीहरुलाई संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने सन्देश दिन चाहेको बताए ।

विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उनले भने ‘हामी खानेकुरा खोज्छौँ भोक संकट हुनेछैन ।’ श्रीलकंकामा आर्थिक संकट तथा यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावका कारण केही श्रीलकंकाहरूको दुई छाक खानामा समेत असर परेको बीबीसीले जनाएको छ ।‌

संकटको व्यवस्थापन गर्न नसकेपछि सरकारको विरोधमा श्रीलकंकाभर हिंसात्मक प्रदर्शनहरु भएका थिए । प्रदर्शन शान्त पार्न रणिल विक्रमसिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीका रूपमा उनको यो छैटौँ कार्यकाल हो ।‌ विक्रमसिंघेलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीबार शपथ गराएका थिए ।

यद्यपि उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकटस्थ रूपमा हेरिने गरिएको छ ।‌

तर बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले ‘आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने’ बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०५ बजे

सदन बहिष्कार गर्दै ज्ञानेन्द्र शाहीले भने- प्रचण्डको छेपारो प्रवृत्ति, सभामुख बिचौलियाको पक्षमा 

काठमाडौं– प्रचण्डको छेपारो प्रवृत्ति, संसद् र सभामुख बिचौलियाको पक्षमा – राप्रपाका

सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा

काठमाडौं– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई

कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ : आयोग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन

कोशी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि झण्डै ३६ अर्ब बजेट प्रस्तुत

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको