नेटफ्लिक्समा आयो ‘बिस्ट’ « Khabarhub

नेटफ्लिक्समा आयो ‘बिस्ट’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले कोरोना भाइरसको महामारी पश्चात् रिलिज गरेको फिल्म ‘मास्टर’ बाट दर्शक माझ एउटा भिन्न पहिचान बनाए ।

कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’ पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’ को प्रतीक्षा गरिरहेका थिए । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिए । यद्यपि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । गत अप्रिल १३ मा रिलिज भएको फिल्मले दर्शक नपाएपछि अब यसलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा रिलिज गरिएको हो । नेटफ्लिक्सले फिल्म रिलिज बारे आफ्नो इन्डिया स्थित सामाजिक सञ्जाल मार्फत जानकारी गराईरहेको छ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात् टिभी अन्तर्वार्ता समेत दिएका थिए ।

प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ५१ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट