नेटफ्लिक्समा आयो ‘बिस्ट’ « Khabarhub

नेटफ्लिक्समा आयो ‘बिस्ट’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले कोरोना भाइरसको महामारी पश्चात् रिलिज गरेको फिल्म ‘मास्टर’ बाट दर्शक माझ एउटा भिन्न पहिचान बनाए ।

कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’ पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’ को प्रतीक्षा गरिरहेका थिए । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिए । यद्यपि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । गत अप्रिल १३ मा रिलिज भएको फिल्मले दर्शक नपाएपछि अब यसलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा रिलिज गरिएको हो । नेटफ्लिक्सले फिल्म रिलिज बारे आफ्नो इन्डिया स्थित सामाजिक सञ्जाल मार्फत जानकारी गराईरहेको छ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात् टिभी अन्तर्वार्ता समेत दिएका थिए ।

प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ५१ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार