हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि « Khabarhub

हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ । एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।

नेकपा एमालेको तर्फबाट अनन्त पौडेले ३७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनको नेपाली कांग्रेसका राजेश बानियाँले ५७५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २५ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,