फाइल तस्वीर

अन्तर्राष्ट्रिय

न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

By खबरहब

May 14, 2022

काठमाडौं- महामारीको सफल व्यवस्थापन गरी ख्याति कमाएको मुलुक न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोनाको संक्रमण देखिएको न्युजिल्याण्डको न्युजिल्याण्ड हेराल्ड अखबारको अनलाइन संस्करणले जनाएको छ ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै आइसोलेसनमा बस्ने जानकारी पनि गराएकी छिन् ।

उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताइन् ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।