युक्रेनी फौजको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त « Khabarhub

युक्रेनी फौजको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ । युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् ।

ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका थिए ।

सेभेरोडोनेट्स्क शहको पश्चिमा पर्ने सिभेस्र्की डोनेट्स नदी तर्ने क्रममा रुसी फौज युक्रेनी सेनाको आक्रमणमा परेको स्काई न्युजले जनाएको छ ।

युक्रेनी पक्षले जारी गरेको भिडियोमा धेरै सैनिक उपकरण तथा सैनिक सवारी साधनहरु जलेर नष्ट भएको देखिन्छ । बेलायती रक्षा मन्त्रालयले बताएअनुसार यस आक्रमणमा रुसले झण्डै ‘बटालियन’ आकारको सैन्य एकाइ गुमाएको छ ।

रुसी फौजको एक ‘बटालियन’ सैन्य एकाईमा ७ देखि ८ सय सैनिक रहने गर्छन् । रुसी फौजले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै हाल पूर्वी युक्रेनमा भीषण लडाईंहरु भइरहेका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले रुसी फौज विरुद्ध प्रत्याक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ५६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री