रुसद्वारा फिनल्याण्डतर्फ विद्युत् आपूर्ति बन्द « Khabarhub

रुसद्वारा फिनल्याण्डतर्फ विद्युत् आपूर्ति बन्द


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले फिनल्याण्डतर्फ विद्याुत आपूर्ति बन्द गरिदिएको छ । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको जनाएको छ ।

कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू उत्पन्न भएका थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिनग्रिडले पनि एक तथ्याङ्कमा सो कुराको पुष्टि गरेको छ । कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रूसबाट आयात गरिएको बिजुलीको थप बिक्री अर्को सूचना नभएसम्म रोकिनेछ ।

धेरै वर्षदेखि रूसबाट फिनल्याण्डमा बिजुली आयात हुँदै आएको छ । ‘यो अवस्था असाधारण छ र हाम्रो व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको हो’ कम्पनीले भन्यो ।

रुस र फिनल्याण्डबीच १ हजार ३ सय किलोमिटर लामो सीमा जोडिन्छ । आइतबारमात्र फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदनको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने विषय रुसबाट विद्युत् आपूर्तिसँग नजोडिएको तास समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : १४ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले