सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने « Khabarhub

सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

शनिबार गाउँपालिका कार्यालयमा बसेको सबै दलका उम्मेदवार, प्रतिनिधि, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले जेठ २ गते बिहान ७ बजेदेखि उक्त ठाउँमा मतदान गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यस्तै डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिरवा मतदान केन्द्रमा स्थगित भएको निर्वाचन पनि २ गते नै हुने भएको हो।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ५९ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको