बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल… « Khabarhub

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले माघीको अवसरमा शुभकामना दिएका छन्।

माघ १ गते प्रकृति फेरिने दिन मात्र नभएर नेपाली विविधताको संगम भएको भन्दै उनले गीतबाट शुभकामनाको सुरुवात गरेका छन्।

उनले फेसबुकमा शेयर गरेका छन्-

‘सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल’
आज माघ १: प्रकृति फेरिने दिन मात्र होइन, नेपाली विविधताको संगम पनि हो।’

छोटो स्टाटस लेखेर धेरै सन्देश दिने बालेनले माघीको अवसरमा भने लामो स्टाटससहित शुभकामना दिएका हुन्। ‘मकर संक्रान्ति र माघे संक्रान्ति माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो’उनले थप लेखेका छन्, ‘आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ।’

उनले यो दिन नेवार समुदायमा ‘घ्यः चाकु संल्हू
किरातहरुको यल संवत् नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक भएको प्रष्ट पारेका छन्। उनले माघी थारु समुदायको विशेष पर्वभएकोसमेत उल्लेख गरेका छन्।

‘नेवार समुदायमा ‘घ्यः चाकु संल्हू
किरातहरुको यल संवत्।
नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक हो। माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ’,
माघी- माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।’

उनले उत्सवको शैली फरक भए पनि भावना एउटै भएको उल्लेख गरेका छन्। ‘हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम, शैली, फरक होलान तर, भावना एउटै छ’, उनले लेखेका छन्, ‘सबैमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस्। समस्त नेपालीमा यी पावन पर्वहरूको हार्दिक एवम् मङ्गल शुभकामना।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ५८ बजे

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री