सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी « Khabarhub

सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकामाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे ।

निवर्तमान वडाध्यक्षसमेत रहेका क्प्छाकीलाई घिसिङले फराकिलो मतान्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार घिसिङ प्यानलै निर्वाचित भए ।

यस्तै जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर १, मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट धन्कौल गाउँपालिका–१, को वडाध्यक्षको उम्मेदवार बनेका गौरीशङ्कर महतो ६ सय ९४ मत सहित विजयी भएका छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवार बनेका शिव कुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे ।

यससँगै जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुने उम्मेदवारको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ०४ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा