महिलामाथि कुटपिट गरेको आरोपमा प्रदेश राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा « Khabarhub

महिलामाथि कुटपिट गरेको आरोपमा प्रदेश राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन्। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतङ्क मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्‍याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा मंगलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आफूले आफ्नो श्रीमान् एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन् । बिमलाले मिनाको कोठाका कपडाहरू यत्रतत्र छरिदिएकी थिइन् ।

मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको  प्रेम प्रसङ्ग बाहिरीएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ४५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको