‘म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु’  « Khabarhub

‘म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु’ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि स्वस्तिमा खड्काको भाग्य चम्किएको छ भन्दा फरक नपर्ला । होस्टेल रिटन्स फिल्म मार्फत डेब्यु गरेकी स्वस्तिमाले आफ्नो भूमिकालाई न्याय नै गरेता पनि उनलाई दर्शक माझ चिनाउने गीत र काम यहीँ नै बन्यो । त्यसपछि छक्का पञ्जा २, नाई नभन्नु ल ५ जस्ता फिल्मले उनलाई बढी भन्दा बढी दर्शक माझ पुर्‍यायो । तर, अभिनयमा अब्बल सावित गर्ने श्रेय उनी अभिनीत फिल्म ‘बुलबुल’ लाई जान्छ । किनकी यो फिल्ममा अभिनय गरेपछि उनले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रियस्तरको अवार्ड पनि जितिन् । 

बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गर्दा उनको उचाइ अन्य नायिकाको तुलनामा बढ्यो । उनी बुलबुल जस्तो फिल्ममा पनि देखिएकी छिन् भने छक्का पञ्जा २ जस्तो फिल्ममा पनि । यी दुई फिल्मका अडियन्स फरक छन् । तर, यस्तो हुन् नहुने तर्क छ स्वस्तिमाको । ‘म एउटा टाइपको फिल्मको हिरोइन मात्र बन्न चाहन्न । किनकी कलाकार भएपछि सबै किसिमको रोल गर्न सक्नु पर्छ । म नाई नभन्नु ल, हजार जुनीसम्म जस्तो फिल्ममा पनि काम गर्न चाहन्छु भने बुलबुल र चिसो मान्छे जस्तोमा पनि’ उनले भनिन् । ‘चिसो मान्छे’ स्वस्तिमा अभिनीत रिलिजको क्रममा रहेको फिल्म हो । 

उनी दर्शक विभाजित हुनु राम्रो नभएको बताउँछिन् । ‘हाम्रो बजार सानो छ । अनि यहाँ छक्का पञ्जा र बुलबुलको दर्शक विभाजित हुँदा हामीलाई घाटा छ । छक्का पञ्जा हेरेकोले बुलबुल र यो हेरेकोले नाई नभन्नु ल जस्ता फिल्म हेर्नु पर्छ । मलाई कुटुमा कुटु गीतमा नाच्नेले बुलबुल गरेको ? भनेर भन्नु भएको छ’ उनले भनिन् । विस्तारै दर्शकहरूको रोजाईमा छक्का पञ्जा, नाई नभन्नु ल, बुलबुल, सेतो सूर्य लगायतका फिल्म पर्न थालेपछि दर्शक दुवैमा बढ्ने उनको अपेक्षा छ । स्वस्तिमा आफूलाई फरक–फरक चरित्रलाई निर्वाह गर्न मन लाग्ने तर्क गर्छिन् । उनले, आफूले फिल्म क्षेत्रमा आएर अभिनेत्रीको परिभाषा नै बदल्नेतर्फ कहिल्यै पनि नसोचेको बताइन् । दर्शकले आफूलाई जुन रुपमा लिएपनि आफू त्यसलाई स्वीकार गर्न तयार हुने उनको तर्क छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ०१ बजे

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा