'म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु'  | Khabarhub Khabarhub

‘म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु’ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि स्वस्तिमा खड्काको भाग्य चम्किएको छ भन्दा फरक नपर्ला । होस्टेल रिटन्स फिल्म मार्फत डेब्यु गरेकी स्वस्तिमाले आफ्नो भूमिकालाई न्याय नै गरेता पनि उनलाई दर्शक माझ चिनाउने गीत र काम यहीँ नै बन्यो । त्यसपछि छक्का पञ्जा २, नाई नभन्नु ल ५ जस्ता फिल्मले उनलाई बढी भन्दा बढी दर्शक माझ पुर्‍यायो । तर, अभिनयमा अब्बल सावित गर्ने श्रेय उनी अभिनीत फिल्म ‘बुलबुल’ लाई जान्छ । किनकी यो फिल्ममा अभिनय गरेपछि उनले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रियस्तरको अवार्ड पनि जितिन् । 

बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गर्दा उनको उचाइ अन्य नायिकाको तुलनामा बढ्यो । उनी बुलबुल जस्तो फिल्ममा पनि देखिएकी छिन् भने छक्का पञ्जा २ जस्तो फिल्ममा पनि । यी दुई फिल्मका अडियन्स फरक छन् । तर, यस्तो हुन् नहुने तर्क छ स्वस्तिमाको । ‘म एउटा टाइपको फिल्मको हिरोइन मात्र बन्न चाहन्न । किनकी कलाकार भएपछि सबै किसिमको रोल गर्न सक्नु पर्छ । म नाई नभन्नु ल, हजार जुनीसम्म जस्तो फिल्ममा पनि काम गर्न चाहन्छु भने बुलबुल र चिसो मान्छे जस्तोमा पनि’ उनले भनिन् । ‘चिसो मान्छे’ स्वस्तिमा अभिनीत रिलिजको क्रममा रहेको फिल्म हो । 

उनी दर्शक विभाजित हुनु राम्रो नभएको बताउँछिन् । ‘हाम्रो बजार सानो छ । अनि यहाँ छक्का पञ्जा र बुलबुलको दर्शक विभाजित हुँदा हामीलाई घाटा छ । छक्का पञ्जा हेरेकोले बुलबुल र यो हेरेकोले नाई नभन्नु ल जस्ता फिल्म हेर्नु पर्छ । मलाई कुटुमा कुटु गीतमा नाच्नेले बुलबुल गरेको ? भनेर भन्नु भएको छ’ उनले भनिन् । विस्तारै दर्शकहरूको रोजाईमा छक्का पञ्जा, नाई नभन्नु ल, बुलबुल, सेतो सूर्य लगायतका फिल्म पर्न थालेपछि दर्शक दुवैमा बढ्ने उनको अपेक्षा छ । स्वस्तिमा आफूलाई फरक–फरक चरित्रलाई निर्वाह गर्न मन लाग्ने तर्क गर्छिन् । उनले, आफूले फिल्म क्षेत्रमा आएर अभिनेत्रीको परिभाषा नै बदल्नेतर्फ कहिल्यै पनि नसोचेको बताइन् । दर्शकले आफूलाई जुन रुपमा लिएपनि आफू त्यसलाई स्वीकार गर्न तयार हुने उनको तर्क छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ०१ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध