असोज अन्तिम साता ‘हिजोआजका कुरा’ | Khabarhub Khabarhub

असोज अन्तिम साता ‘हिजोआजका कुरा’


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलीफिल्म  ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त यही नामको फिल्म लिएर दर्शक सामु आउँदै छन् । सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा तयार भएको फिल्म असोज २८ मा रिलिज हुने भएको छ । निर्देशक पन्तका अनुसार यसले काठमाडौंका चार परिवारको कथा पेश गर्नेछ । विदेश जान खोज्ने चार परिवारको कथा उनिएको फिल्ममा सन्तोष पन्त र रमा थपलियासँगै अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।  

 ‘हिजोआजका कुरा’ नाम मै फिल्म बनेता पनि श्रृङ्खलासँग सम्बन्धित नभएको निर्माण टिमले जनाएको छ । यही नामले आफ्नो ब्राण्डलाई चिनाएकाले यो नाम लिइएको निर्देशक पन्तले बताए । फिल्मले यसअघि २०७७ वैशाख १२ गते प्रदर्शन मिति तोकेको भए पनि कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी हुँदा प्रदर्शन अनिश्चित बनेको थियो । महामारी प्रभावित यो फिल्मको प्रदर्शन बल्ल तय गरिएको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : २८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास