अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड | Khabarhub Khabarhub

अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरूका लागि ऊर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांग व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने बताए । 

Avatarकार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जीवी शर्माले कुनै पनि देशको विकास र उन्नति त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्बित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरूको ठूलो योगदान रहने बताए । अपांगता भएका व्यक्तिहरू पनि देशका नागरिक भएकाले उनीहरूको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार समावेशिताको अवधारणा तब मात्रै सार्थक हुने जब सबै नागरिकले समान अवसर प्राप्त गर्छन । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने पनि अपांगता भएका व्यक्तिको समानताको आवाज उठाए । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ०५ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको