मेचीनगरमा सजिवनको व्यावसायिक खेती | Khabarhub Khabarhub

मेचीनगरमा सजिवनको व्यावसायिक खेती


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ ।

स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ ।

परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २० प्रतिशत साझेदारी लागत व्यहोर्ने उल्लेख छ । नगरपालिकाले सजिवन खेती परियोजनाका लागि प्रारम्भिक चरणमा तीन लाख बजेट बिनियोजन गरेको छ । मेचीनगरमा यसको परम्परागत खेती पहिल्यैदेखि हुने गरे तापनि व्यावसायिक खेती भने पहिलोपल्ट सुरु भएको हो ।

फल र पात दुबै तरकारीको रूपमा खान मिल्ने र यसमा औषधीय एवम् पौष्टिक गुण अधिक हुने भएकाले पछिल्लो समय सजिवनको खेतीमा किसान आकर्षित भइरहेका छन् । छिमेकी जिल्ला इलाममा पनि यसको व्यावसायिक खेती सफलतापूर्वक भइरहेको छ ।

मेचीनगरका किसानहरू हालै सजिवन खेती अवलोकन गर्न रूपन्देहीको सैनामैना नगरपालिका– ६ मा गएका थिए । त्यहाँका कृषक गोविन्द कँडेलले ६५ बिघा क्षेत्रफलमा लगाएको सजिवनको व्यावसायिक खेती अवलोकन गरेर फर्किएपछि मेचीनगरका किसानले उक्त खेतीमा लाग्ने सोच बनाएको थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठले बताइन् ।

सजिवन खेती परियोजना सञ्चालनका लागि थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओलीलाई सजिवन खेती व्यवस्थापन समितिको संयोजक चयन गरिएको उनले जानकारी दिइन् ।

सजिवन खेती व्यवस्थापन समितिकी संयोजक जानुका ओलीले सैनामैनाबाट पहिलो चरणमा दुई किलो सजिवनको बीउ ल्याइएको र त्यसबाट लगभग ६ हजार विरुवा हुर्काउने परियोजनाको लक्ष्य रहेको बताइन् ।

समितिले सजिवन खेती गर्न इच्छुक किसानलाई बोलाएर खेती गर्ने तरिका र यसका फाइदा बारेमा छलफल चलाएको छ । आगामी दिनमा खेतीको विस्तार गरिने र यसको पातबाट पाउडर बनाउने योजना बनाइएको ओलीले बताइन् ।

मेचीनगर नगरपालिकाका कृषि विकास शाखाका प्रमुख टेकेन्द्र प्रधानले सजिवन खेती गर्ने तरिका, उत्पादन र यसका फाइदा वेफाइदालगायतका विषयमा मसिनो गरी किसानलाई अवगत गराइएको बताए ।

उनका अनुसार मलिलो, बलौटे र पानी नजम्ने माटोमा सजिवनको खेती फस्टाउँछ । सजिवनको फल र पातमा रोग प्रतिरोधी तत्व हुने भएकाले मधुमेह, उच्च रक्तचापलगायत अन्य थुप्रै रोगका बिरामीले यसको नियमित सेवन गरिरहेको पाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : ५२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस