सुशीललाई ‘लाखे’ को भर « Khabarhub

सुशीललाई ‘लाखे’ को भर


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘होस्टेल रिटन्स’ मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले  ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले, ‘गाँजा–बाजा’ ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले  ‘होस्टल रिटन्स’ बाटै चिन्छन् । उनले आफ्नो क्यारेक्टरको लागि मेहनत पनि गरेका छन् । उनलाई निर्माताले ‘रणवीर’ मा राम्रै विश्वास पनि गरेका हुन् । यद्यपि त्यसको प्रतिफल भने नत निर्माताले पाए नत सुशीलले नै । उनको फिल्मी यात्राले अझै पनि सफलताको उकालो मोड लिन सकेको छैन । यद्यपि उनले आफ्नो कर्म गरिनै रहेका छन् । तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । 

धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए । उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए । 

‘उक्त नाटकपछि केही आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नबनेता पनि उनले अवसर पाए । डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘ केही फिल्म मेडी गरे र रणवीर जस्तो एक्सन फिल्म पनि गरे ।’ उनले अभिनय गरेको फिल्ममा ठूलो बजेटको फिल्म ‘रणवीर’ नै थियो ।

फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’ बाट राम्रै रुपमा भएको थियो । यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनायो । यिनै सुशीलले अभिनय गरेको पछिल्लो फिल्म हो ‘लाखे’ । उनले यसमा अर्पण थापा , सौगात मल्ल जस्ता कलाकारहरुसँग स्क्रिन सेयर गर्ने मौका पाएका छन् । 

फिल्ममा उनको भूमिका के-कस्तो छ ? त्यो खुलाइएको छैन । यद्यपि मल्टिस्टार कास्ट भएकाले फिल्मले बढी दर्शक पाउने सम्भावना छ । फिल्म आउँदो भदौमा रिलिज हुँदैछ । सुशीललाई करिअरमा ‘लाखे’ ले के गर्छ ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : १५ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल