सुशीललाई 'लाखे' को भर | Khabarhub Khabarhub

सुशीललाई ‘लाखे’ को भर


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘होस्टेल रिटन्स’ मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले  ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले, ‘गाँजा–बाजा’ ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले  ‘होस्टल रिटन्स’ बाटै चिन्छन् । उनले आफ्नो क्यारेक्टरको लागि मेहनत पनि गरेका छन् । उनलाई निर्माताले ‘रणवीर’ मा राम्रै विश्वास पनि गरेका हुन् । यद्यपि त्यसको प्रतिफल भने नत निर्माताले पाए नत सुशीलले नै । उनको फिल्मी यात्राले अझै पनि सफलताको उकालो मोड लिन सकेको छैन । यद्यपि उनले आफ्नो कर्म गरिनै रहेका छन् । तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । 

धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए । उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए । 

‘उक्त नाटकपछि केही आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नबनेता पनि उनले अवसर पाए । डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘ केही फिल्म मेडी गरे र रणवीर जस्तो एक्सन फिल्म पनि गरे ।’ उनले अभिनय गरेको फिल्ममा ठूलो बजेटको फिल्म ‘रणवीर’ नै थियो ।

फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’ बाट राम्रै रुपमा भएको थियो । यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनायो । यिनै सुशीलले अभिनय गरेको पछिल्लो फिल्म हो ‘लाखे’ । उनले यसमा अर्पण थापा , सौगात मल्ल जस्ता कलाकारहरुसँग स्क्रिन सेयर गर्ने मौका पाएका छन् । 

फिल्ममा उनको भूमिका के-कस्तो छ ? त्यो खुलाइएको छैन । यद्यपि मल्टिस्टार कास्ट भएकाले फिल्मले बढी दर्शक पाउने सम्भावना छ । फिल्म आउँदो भदौमा रिलिज हुँदैछ । सुशीललाई करिअरमा ‘लाखे’ ले के गर्छ ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : १५ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन