किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी « Khabarhub

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने सङ्केत गरेका थिए ।

दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ । किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गरेका थिए । दक्षिण कोरियाको जासुसी निकायले शनिबार विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

तर, राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगरेको स्पष्ट पार्दै उत्तर कोरिया–चीन सम्बन्धको निगरानी भइरहेको जनाएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वार्ता प्रस्तावलाई बेवास्ता गर्दै आएका छन् । विशेषज्ञहरूका अनुसार प्योङयाङले वार्ताका लागि अमेरिकाबाट आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता खोजिरहेको छ ।

यसले वासिङ्टन र सियोलका लागि कूटनीतिक तथा सुरक्षा चुनौती निम्त्याउन सक्छ । विश्लेषकहरूका अनुसार चीन भ्रमण भएमा किमले राष्ट्रपति सीसँग अमेरिका–चीन वार्ताको परिणाम तथा उत्तर कोरियाको अर्को सहयोगी रुससँगको सम्भावित त्रिपक्षीय शिखर बैठकबारे छलफल गर्न सक्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ६ : २५ बजे

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे

दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने

कर्णाली- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

बर्दिया– भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले