क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफूलाई दोस्रो पटक कोरोना भाइरस सङ्क्रमण भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्– ‘मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।’

गत हप्तामात्र उने अमेरिकाको लस एन्जलस सहरको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

क्यानाडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए ।

उनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको भए पनि हाल घरमै एकान्तमा रहने कार्यालयको काम गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ४७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २१ गते) बिहीबारका

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

आज २०८० साल मंसिर २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २१ गते बिहीबार ।

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना