फस्टाउँदै ‘ड्रागन फ्रुट’ « Khabarhub

फस्टाउँदै ‘ड्रागन फ्रुट’


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइ रहेका छन् । उनले लगाएका ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।

‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनि खुशी छन्। “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”, उनले भने “यही भएर बिहान खुसीका साथ सबेरै  उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।” ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहँदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।

यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोपेका छन् । उनले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोपेका छन्  । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो ।

साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बिचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ ।

विष्टले बर्सेनि फल दिने क्रम बढिरहेको बताए । विगतमा ३० क्विन्टलसम्म फल भित्र्याउन सफल भएकोमा यस वर्ष ४० क्विन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने अपेक्षा लिएका छन् । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उनले भने“त्यसले गर्दा यस वर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ ।  एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामसम्म हुने गरेको उनी बताउँछन् ।विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहेका छन्।

त्यही खेतीबाट उनले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन् । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गरेका छन् । यसअघि पनि उनी कालो धानको  खेती गरेर चर्चामा थिए । उनले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गरेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ४७ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा