एकै दिन ३६ अङ्कले घट्यो नेप्से « Khabarhub

एकै दिन ३६ अङ्कले घट्यो नेप्से


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परिसूचक उच्च अङ्कले घट्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकै दिन ३६ अङ्कको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अङ्कले घटेर १९ सय अङ्कको बिन्दुमा आइपुगेको हो ।

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अङ्कमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अङ्कमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अङ्कको गिरावटसँगै ३८३ अङ्कमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक उच्च अङ्कले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अङ्कको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अङ्कको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अङ्क, विकास बैंक समूह ७६ अङ्क, उत्पादनमूलक समूह ६७ अङ्क, जलविद्युत समूह ६६ अङ्कले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अङ्कले घट्दा अन्य समूहमा ५१ अङ्कको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अङ्कले घट्दा वित्त समूहमा ३२ अङ्कको गिरावट आएको छ । मंगलबार बजार उच्च अङ्कले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ०२ बजे

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।