युक्रेन युद्धको सय दिनमा इन्धन बेचेर रुसले ९८ अर्ब डलर कमायो, अधिकांश इन्धन युरोप निर्यात « Khabarhub

युक्रेन युद्धको सय दिनमा इन्धन बेचेर रुसले ९८ अर्ब डलर कमायो, अधिकांश इन्धन युरोप निर्यात


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमाथि आक्रमण थालेको प्रारम्भिक १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब कमाइ गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले सार्वजनिक गरेको शोध प्रतिवेदनअनुसार युक्रेनमा युद्ध सुरु भएयता रुसले कूल ९८ अर्ब डलरको जिवाष्म इन्धन निर्यात गरेको छ ।

यो अवधिमा युरोपेली युनियन इयूले सबैभन्दा धेरै रुसी उर्जा आयात गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेन आक्रमणको प्रारम्भिक १ सय दिनमा रुसले युरोपेली युनियनलाई आफ्नो निर्यातको ६१ प्रतिशत इन्धन आपूर्ति गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार युरोपेली युनियनले रुसबाट ६० अर्ब डलर बराबरको इन्धन आयात गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थाल्नुअघि रुसले युरोपमा कूल खपतको ४० प्रतिशत तेल र २७ प्रतिशत ग्यास आपूर्ति गर्दै आएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

यद्यपि हालै युरोपेली युनियनले अधिंकाश रुसी तेल आयात कटौती गर्ने एवम् यही वर्षको अन्त्यसम्म रुसी ग्यासको आयातलाई दुई तिहाइले घटाउने कदम चालेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : १४ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका