युक्रेन युद्धको सय दिनमा इन्धन बेचेर रुसले ९८ अर्ब डलर कमायो, अधिकांश इन्धन युरोप निर्यात « Khabarhub

युक्रेन युद्धको सय दिनमा इन्धन बेचेर रुसले ९८ अर्ब डलर कमायो, अधिकांश इन्धन युरोप निर्यात


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमाथि आक्रमण थालेको प्रारम्भिक १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब कमाइ गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले सार्वजनिक गरेको शोध प्रतिवेदनअनुसार युक्रेनमा युद्ध सुरु भएयता रुसले कूल ९८ अर्ब डलरको जिवाष्म इन्धन निर्यात गरेको छ ।

यो अवधिमा युरोपेली युनियन इयूले सबैभन्दा धेरै रुसी उर्जा आयात गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेन आक्रमणको प्रारम्भिक १ सय दिनमा रुसले युरोपेली युनियनलाई आफ्नो निर्यातको ६१ प्रतिशत इन्धन आपूर्ति गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार युरोपेली युनियनले रुसबाट ६० अर्ब डलर बराबरको इन्धन आयात गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थाल्नुअघि रुसले युरोपमा कूल खपतको ४० प्रतिशत तेल र २७ प्रतिशत ग्यास आपूर्ति गर्दै आएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

यद्यपि हालै युरोपेली युनियनले अधिंकाश रुसी तेल आयात कटौती गर्ने एवम् यही वर्षको अन्त्यसम्म रुसी ग्यासको आयातलाई दुई तिहाइले घटाउने कदम चालेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : १४ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा