राजामौलीको फिल्ममा ऐश्वर्याको चर्चा  | Khabarhub Khabarhub

राजामौलीको फिल्ममा ऐश्वर्याको चर्चा 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् । साउथका सुपरस्टार रजनीकान्तसँग रोबोर्टमा अभिनय गरेपछि उनले साउथमा राम्रो फ्यान फलोअर्स बनाएकी छिन् । उनी पछिल्लो समय मणि रत्नको फिल्म ‘पीएस वान’ मा काम गरिरहेकी छिन् । यसबाहेक उनलाई रजनीकान्तसँग अफर गरिएको फिल्मको लागि ‘ओके’ भनिसकेकी छिन् । यसको टाइटल अझै राखिएको छैन । नर्थ इन्डियासमेत साउथ इन्डियन फिल्मको वर्चश्व बढ्न थालेपछि ऐश्वर्याले साउथको अफरलाई नकार्न सकेकी छैनन् । 

प्रान्तीय फिल्मको रुपमा केही वर्ष अगाडिसम्म परिभाषित हुने साउथ इन्डियन फिल्मले अहिले विश्वमा पहिचान स्थापित गरिसकेको छ । फलतः बलिउडका कलाकार पनि साउथ फिल्ममा स-सानो रोलमा देखिन थालेका छन् । ‘बाहुबली’ मार्फत निर्देशक एसएस राजामौलीले साउथ फिल्मलाई विश्वभर पुर्‍याए । यिनै राजामौलीले एक फिल्मको लागि ऐश्वर्यालाई अफर गरेको चर्चा छ । तेलुगू सुपरस्टार महेश बाबूलाई लिएर एडभेन्चर-थ्रिलर फिल्म बनाउने तयारीमा रहेका राजामौलीले बलिउड सुन्दरी ऐश्वर्यालाई अफर गरेका हुन् । 

उनले नयाँ फिल्मका लागि ऐश्वर्यासँग छलफल गरेको भारतीय मिडियामा समाचार छ । यद्यपि दुवै पक्षले यसबारे बोलेका छैनन् । ऐश्वर्या, राजामौलीसँग काम गर्न इच्छुक रहेको बताइन्छ । किनकी निर्देशनमा राजमौलीले आफ्नो छुट्टै ब्राण्ड बनाइसकेका छन् । हेरौँ, विश्व सुन्दरीलाई लिएर निर्देशक राजमौलीले कस्तो फिल्म -कल्पना- गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ३७ बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल