एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज « Khabarhub

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् ।

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरूले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए ।

तत् पश्चात् सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोज्दा एमाले सांसदहरू उठेर विरोध जनाए । सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा पनि एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ०९ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,