तस्वीर- ट्विटर/युएसएआरपिएसी सीजी

समाचार

नेपाल भ्रमणपछि अमेरिकी जनरलले भने- ‘नेपाल भ्रमण र रक्षा साझेदारी प्रति खुशी छु’

By खबरहब

June 14, 2022

काठमाडौँ– अमेरिकी सेनाको प्रशन्त क्षेत्रका प्रमुख जनरल चाल्र्स ए. फ्लिनले हालै सम्पन्न आफ्नो नेपाल भ्रमणप्रति खुशी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै जनरल फ्लिनले नेपाल भ्रमण एवम् दशकौँ लामो सहकार्यप्रति खुशी व्यक्त गरेका हुन् ।

उनले ट्विटरमा नेपाल र अमेरिकाबीच दशकौँ लामो रक्षा साझेदारी रहेको उल्लेख गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिइने जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यो साता नेपाल भ्रमणका लागि नेपाली प्रधानसेनापति जनरल (प्रभूराम) शर्माप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । हाम्रो दशकौँ लामो रक्षा साझेदारीको कदर गर्दै सहकार्यका लागि अवसरहरुको अपेक्षा गर्दछौँ ।’

 

I want to express my gratitude to Nepali Chief of Army Staff Gen. Sharma for a terrific visit to Nepal this week. We cherish our decades long defense partnership & look forward to future opportunities for collaboration.#USNepal75 🇺🇸🇳🇵@USARPAC @Thenepalesearmy @USEmbassyNepal pic.twitter.com/J6MrubAgpb

— USARPAC CG (@USARPAC_CG) June 14, 2022


अमेरिकी सेना प्रशान्त क्षेत्रका प्रमुख जनरल फ्लिन गत बिहीबार नेपाल आएका थिए । चार दिने भ्रमण सकेर उनी आइतबार नेपालबाट फर्केका हुन् ।