बढ्दै छन् साउथ फिल्मका दर्शक  | Khabarhub Khabarhub

बढ्दै छन् साउथ फिल्मका दर्शक 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज रोकिने सम्भावना छैन । एकपछि अर्को आइरहेको साउथ इन्डियन फिल्महरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । फिक्सन फिल्ममा बाहुल्यता रहेको साउथ इन्डियन फिल्मको हुलमा पछिल्लो समय आएको कन्नडा फिल्म ‘७७७ चार्ली’ ले कथाको मजबुतीलाई प्रस्ट्याएको छ । यद्यपि साउथ फिल्ममा आकर्षण भने बाहुबली सिरिज मार्फत बढेको हो । त्यसलाई बढाउने काम गर्‍यो केजीएफ र पुष्पाले । गत वर्षको डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो समय लगभग कम भएको छ । अब फिल्महरू एकै डेटमा हिन्दीमा समेत प्रदर्शन हुन् थालेका छन् । सुकुमार निर्देशित फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो ।

फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो । यो फिल्मले नन होलिडेमा आक्रामक व्यापार गर्‍यो । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म ‘आरआरआर’ आक्रामक कमाइ गर्यो । सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्ने फिल्ममा ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने कथा देखाईको छ । 

फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन् । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्‍यो । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ । यी प्रदर्शन भइसकेका फिल्महरू बाहेक पनि केही फिल्म छन् । जसले आउँदा दिनमा साउथ इन्डियन फिल्मको दबदबा झनै बढ्ने देखिन्छ ।

बाहुबली सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता हुन् प्रभास । पछिल्लो फिल्म ‘राधे श्याम’ फ्लप भएता पनि उनी अभिनीत फिल्महरू आदिपुरुष , सलार , प्रोजेक्ट के लगायत प्रतीक्षित छन् । ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा कृति सेननसैफ अली खानको पनि मुख्य भूमिका रहने छन्। प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको सलारमा प्रभासले श्रुति हसनसँग स्क्रिन सेयर गरेका छन् । यस्तै नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्म ‘प्रोजेक्ट के’ मा उनले अमिताभ बच्चन र दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेका छन् । यी फिल्महरु मार्फत प्रभास निकै प्रतीक्षामा छन् । 

फिल्म ‘अर्जुन रेड्डी’ मार्फत एकाएक चर्चामा आएका अभिनेता हुन् विजय देवरकोण्डात्यसपश्चात उनले अभिनय गरेको फिल्महरु गीता गोविन्दम , डियर कमरेडले पनि उनलाई चर्चामा ल्यायो । यिनै विजयले बलिउडमा डेब्यु गरेको हो ,’टाइगर’ । पुरी जगन्नाथको निर्देशनमा तयार भइरहेको फिल्म एक्सन र थ्रिलर रहनेछ । फिल्ममा अनन्या पाण्डे, रोनित रोय, राम्या कृष्णको पनि अभिनय छ। 

पुष्पा मार्फत साउथ फिल्मबाट बाहिर निस्किएर आफ्नो स्टारडम प्रस्ट्याएका अभिनेता हुन् अल्लु अर्जुन । पुष्पा हेरेका दर्शकले सिक्वेल ‘पुष्पाः द रुल’ को प्रतीक्षा गरिरहेका छन् । फिल्मको प्रदर्शन आउँदो वर्ष हुने अनुमान गरिएको छ । यद्यपि निर्माण पक्षले रिलिज घोषणा गर्न सकेको छैन । हालै प्रदर्शन भएका फिल्महरु आरआरआर र केजीएफ : च्याप्टर २ भन्दा कथालाई सशक्त बनाउन र सिरिजमा कथालाई अगाडि बढाउन निर्देशक सुकुमार मेहनत गरिरहेका छन् । 

नायक, रोबोर्ट, आइ जस्ता फिल्म निर्देशन गरेका निर्देशक शंकरले राम चरणलाई लिएर फिल्म निर्देशन गरिरहेका छन् । फिल्मको टाइटल अझै राखिएको छैन । यस फिल्मलाई लिएर पनि दर्शक प्रतीक्षित छन् । ‘रोबर्ट : २.०’ पश्चात निर्देशक शंकरले सुरु गरेको प्रोजेक्ट यहीँ हो । फिल्मको कथावस्तु केही बताइएको छैन भने यसमा कियारा अड्वानी पनि मुख्य भूमिकामा छिन् । जुनियर एन्टीआरको आउँदो दुई फिल्मको प्रतीक्षा छ दर्शकलाई । उनले निर्देशक कोरतोला शिवा र प्रशान्त नीलको आउँदो फिल्ममा काम गर्दैछन् ।

यी दुवै फिल्मको बारेमा अन्य केही खुलाइएको छैन । यद्यपि थ्रिलर र एक्सन जनरामा फिल्म बन्ने बताइएको छ । तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुने फिल्मको छायांकन यसै वर्ष सुरु हुने बताइएको छ । यता हालै ‘केजीएफ: च्याप्टर २’ मार्फत सफलताको स्वाद चाखेका प्रशान्तले ‘सलार’ को काम सकेपछि मात्र जुनियर एन्टीआरसँग काम सुरु गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : ३६ बजे

‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई

एनपीएल – आनी, राजेश र रोहितले अनावरण गरे लुम्बिनीको जर्सी

काठमाडौं – लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी

उपनिर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू

‘निर्यात बढाउन हरसम्भव प्रयत्न गर्नेछु’

काठमाडौं– बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका

खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की

धरान– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल