पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो « Khabarhub

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा पुनः अहमदिया मुसलमानको चिहान भत्काइएको समाचार सार्वजनिक भएको छ । फ्राइडे टाइम्स साप्ताहिक अखबारका अनुसार पछिल्लो समय पाकिस्तानको पेशावरमा रहेको अहमदिया मुसलमानको चिहान भत्काइएको हो ।

पछिल्लो घटनामा १९ वर्षे इश्फाक अहमदको चिहान भत्काइएको पाकिस्तानी अहमदिया समुदायका प्रवक्ता सलिम उद दिनले जनाएका छन् ।
त्यसअघि पाकिस्तानको ओकारा क्षेत्रमा अर्का ३६ वर्षे अहमदिया समुदायका व्यक्तिको छुरा धसी हत्या गरिएको थियो । ओकारामा ती व्यक्तिलाई छोराछोरीको सामुन्ने नै छुरा धसी हत्या गरिएको थियो । हत्यारा पाकिस्तानी तालिबानसँग सम्बन्धित रहेको जनाइएको छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा अहमदिया मुसलमानहरु साम्प्रदायिक हिंसाको सिकार हुँदै आएका छन् । तीन महिनाअघि सार्वजनिक एक समाचारमा प्रहरीले नै पञ्जाब प्रान्तमा अहमदियाहरुको चिहान भत्काइदिएको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : ४९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली