बैतडीमा सेनाको ‘मनसुन अभ्यास–२’ सम्पन्न « Khabarhub

बैतडीमा सेनाको ‘मनसुन अभ्यास–२’ सम्पन्न


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’ को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो ।

नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र रेडक्रसकर्मीले अभ्यास गरेका थिए । बाढीपहिरोमा फसेकाको खोज तथा उद्धार, उपचार र राहतबारे अभ्यास गरिएको हो ।

मनसुन पूर्वतयारी र जिल्ला विपद् प्रतिकार्यसम्बन्धी बनेका योजनाको कार्यान्वयन गराउने उद्देश्यले कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खीलबहादुर रानाले जानकारी दिए । पहिरो र आगलागीका बेला नेपाली सेना उद्धार तथा प्रतिकार्यमा कसरी खटिन्छ भन्ने नमूना देखाइएको थियो । यसका साथै विपद्का बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा समेत नमूना प्रदर्शन गरिएको हो ।

धनजनको क्षतिलाई न्यूनीकरण गर्न अभ्यास गरिएको सेनानी रानाले बताए । वर्षायाममा बाढी डुबान एवम् पहिरोजस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितलाई तत्काल उद्धार र राहतका लागि अभ्यासबाट मद्दत पुग्नेछ । उनले भने, ‘विपद् जुनसुकै अवस्थामा आउनसक्ने भएकाले सेना तयारी अवस्थामा रहेको र नागरिक–सेना सम्बन्ध नजिकको बनाउन यो कार्यले सहयोग पुग्नेछ ।’

अभ्यासमा राष्ट्रिय सेवा दल (एनसीसी) का तालिम प्राप्त विद्यार्थी पनि सहभागी थिए । उनीहरुलाई सिकेको सीपको आधारमा प्रकोपका घटना हुँदा खोज तथा उद्धार कार्यमा सहभागी गराउन सकिने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रसिंह भारतीले सेनाले गरेको उक्त अभ्यासले विपद्को बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ०९ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी