बैतडीमा सेनाको ‘मनसुन अभ्यास–२’ सम्पन्न « Khabarhub

बैतडीमा सेनाको ‘मनसुन अभ्यास–२’ सम्पन्न


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’ को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो ।

नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र रेडक्रसकर्मीले अभ्यास गरेका थिए । बाढीपहिरोमा फसेकाको खोज तथा उद्धार, उपचार र राहतबारे अभ्यास गरिएको हो ।

मनसुन पूर्वतयारी र जिल्ला विपद् प्रतिकार्यसम्बन्धी बनेका योजनाको कार्यान्वयन गराउने उद्देश्यले कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खीलबहादुर रानाले जानकारी दिए । पहिरो र आगलागीका बेला नेपाली सेना उद्धार तथा प्रतिकार्यमा कसरी खटिन्छ भन्ने नमूना देखाइएको थियो । यसका साथै विपद्का बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा समेत नमूना प्रदर्शन गरिएको हो ।

धनजनको क्षतिलाई न्यूनीकरण गर्न अभ्यास गरिएको सेनानी रानाले बताए । वर्षायाममा बाढी डुबान एवम् पहिरोजस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितलाई तत्काल उद्धार र राहतका लागि अभ्यासबाट मद्दत पुग्नेछ । उनले भने, ‘विपद् जुनसुकै अवस्थामा आउनसक्ने भएकाले सेना तयारी अवस्थामा रहेको र नागरिक–सेना सम्बन्ध नजिकको बनाउन यो कार्यले सहयोग पुग्नेछ ।’

अभ्यासमा राष्ट्रिय सेवा दल (एनसीसी) का तालिम प्राप्त विद्यार्थी पनि सहभागी थिए । उनीहरुलाई सिकेको सीपको आधारमा प्रकोपका घटना हुँदा खोज तथा उद्धार कार्यमा सहभागी गराउन सकिने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रसिंह भारतीले सेनाले गरेको उक्त अभ्यासले विपद्को बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ०९ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका