बिमला वलीलाई मन्त्रीबाट हटाउन एमालेको माग | Khabarhub Khabarhub

बिमला वलीलाई मन्त्रीबाट हटाउन एमालेको माग


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई तत्काल सरकारबाट हटाउन नेकपा एमालेले माग गरेको छ । उनी महिलामाथि हातपात गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि नैतिक रुपमा राजीनामा दिन एमालेले बताएको छ ।

वलीलाई तत्काल पदबाट हटाउन एमालेका सांसदहरूले माग गरेका छन् । उनीहरूले सरकारबाट फिर्ता नबोलाए प्रदेश संसद चल्न नदिने चेतावनीसमेत दिएका छन् ।

वली सूर्य चिह्नबाट निर्वाचित प्रदेश सांसद हुन् तर उनले नेकपा विभाजन भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । यसअघि पनि वली विवादमा पर्दै आएकी थिइन् ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री समेत रहेकी वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहानै तुल्सीपुरस्थित प्रेमी एकराज बस्नेतको घरमा गएर वलीले उनकी पत्नी मीना भण्डारीमाथि आक्रमण गरेको उनीमाथि आरोप छ । रिपोर्टका अनुसार उक्त घटनापछि स्थानीयले वलीलाई कोठामा थुनेर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले प्रहरी हिरासतमा छिन् भने उनका प्रेमी भनिएका एकराज बस्नेतलाई प्रहरीले खोजी गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : ५६ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै