बिमला वलीलाई मन्त्रीबाट हटाउन एमालेको माग « Khabarhub

बिमला वलीलाई मन्त्रीबाट हटाउन एमालेको माग


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई तत्काल सरकारबाट हटाउन नेकपा एमालेले माग गरेको छ । उनी महिलामाथि हातपात गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि नैतिक रुपमा राजीनामा दिन एमालेले बताएको छ ।

वलीलाई तत्काल पदबाट हटाउन एमालेका सांसदहरूले माग गरेका छन् । उनीहरूले सरकारबाट फिर्ता नबोलाए प्रदेश संसद चल्न नदिने चेतावनीसमेत दिएका छन् ।

वली सूर्य चिह्नबाट निर्वाचित प्रदेश सांसद हुन् तर उनले नेकपा विभाजन भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । यसअघि पनि वली विवादमा पर्दै आएकी थिइन् ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री समेत रहेकी वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहानै तुल्सीपुरस्थित प्रेमी एकराज बस्नेतको घरमा गएर वलीले उनकी पत्नी मीना भण्डारीमाथि आक्रमण गरेको उनीमाथि आरोप छ । रिपोर्टका अनुसार उक्त घटनापछि स्थानीयले वलीलाई कोठामा थुनेर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले प्रहरी हिरासतमा छिन् भने उनका प्रेमी भनिएका एकराज बस्नेतलाई प्रहरीले खोजी गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : ५६ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती