गाउँपालिकाको निर्णय: प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख सहयोग | Khabarhub Khabarhub

गाउँपालिकाको निर्णय: प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख सहयोग


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको ऋषिङ गाउँपालिकाले एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रबृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट बन्चित नहुन् भन्ने नै उद्देश्य हो,’ उनले भने, ‘अझै आवश्यक्ता प¥यो भने रकम थप्न सक्छौं । अहिलेलाई ५ लाख भनेर निर्णय गरेका छौं ।’

यस्तो सेवा लिनका लागि ऋषिङ गाउँपालिकाभित्रकै सरकारी स्कुलमा पढेर एसइई दिएको हुनुपर्छ । ‘यही पालिकाको स्कुलमा पढेको विद्यार्थी हुनुपर्छ । बाबूआमाले बसाईंसराईं पनि नलगेको हुनुपर्छ,’ उनले अघि भने, ‘उच्च शिक्षा भने बाहिर गएर पढेको भएपनि हुन्छ । त्यस्ता विद्यार्थीलाई पालिकाले सहयोग गर्छ ।’

उक्त विद्यार्थीले एमवीवीएस पास गरेपछि कम्तिमा ३ महिना पालिकाभित्रै सेवा दिनुपर्ने शर्त छ । हरेक वर्ष ३ देखि ५ जना विद्यार्थीले एमवीवीएस पढ्न सक्ने पालिकाको अनुमान छ ।

यस्तै, मुस्ताङको लामोन्थाङ गाउँपालिकाले पनि इन्जिनियरिङ र एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाखका दरले सहयोग गर्ने भएको छ । पालिकामा रहेको दिव्यदीप माविबाट एसइई दिएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न चाहेमा ५ लाख सम्म सहयोग गर्ने निर्णय कार्यपालिकाबाट गरिएको पालिका अध्यक्ष टसीन्हुर्वु गुरुङले बताए ।

‘हाम्रो त विकट गाउँ हो । पढेका विद्यार्थी पाउनै गाह्रो छ । त्यसमाथी प्राविधिक शिक्षा पढ्नेहरु निकै कम छन्,’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा उत्प्रेरणा दिनका लागि छात्रबृत्तिको कार्यक्रम ल्याएका हौं ।’ त्यहाँ एउटा मात्रै मावि छ ।

पालिकाले एसइई दिएर प्लस टु पढ्न चाहने विद्यार्थीलाई पनि अवस्था हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यो सहयोगको रकम भने खुलाइएको छैन । धेरैतिर चर्चाका लागि परिणाम नआउने निर्णय गरिरहँदा गण्डकीका अन्य केही पालिकाले पनि शिक्षामा जोड दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ३७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस