गाउँपालिकाको निर्णय: प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख सहयोग « Khabarhub

गाउँपालिकाको निर्णय: प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख सहयोग


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको ऋषिङ गाउँपालिकाले एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रबृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट बन्चित नहुन् भन्ने नै उद्देश्य हो,’ उनले भने, ‘अझै आवश्यक्ता प¥यो भने रकम थप्न सक्छौं । अहिलेलाई ५ लाख भनेर निर्णय गरेका छौं ।’

यस्तो सेवा लिनका लागि ऋषिङ गाउँपालिकाभित्रकै सरकारी स्कुलमा पढेर एसइई दिएको हुनुपर्छ । ‘यही पालिकाको स्कुलमा पढेको विद्यार्थी हुनुपर्छ । बाबूआमाले बसाईंसराईं पनि नलगेको हुनुपर्छ,’ उनले अघि भने, ‘उच्च शिक्षा भने बाहिर गएर पढेको भएपनि हुन्छ । त्यस्ता विद्यार्थीलाई पालिकाले सहयोग गर्छ ।’

उक्त विद्यार्थीले एमवीवीएस पास गरेपछि कम्तिमा ३ महिना पालिकाभित्रै सेवा दिनुपर्ने शर्त छ । हरेक वर्ष ३ देखि ५ जना विद्यार्थीले एमवीवीएस पढ्न सक्ने पालिकाको अनुमान छ ।

यस्तै, मुस्ताङको लामोन्थाङ गाउँपालिकाले पनि इन्जिनियरिङ र एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाखका दरले सहयोग गर्ने भएको छ । पालिकामा रहेको दिव्यदीप माविबाट एसइई दिएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न चाहेमा ५ लाख सम्म सहयोग गर्ने निर्णय कार्यपालिकाबाट गरिएको पालिका अध्यक्ष टसीन्हुर्वु गुरुङले बताए ।

‘हाम्रो त विकट गाउँ हो । पढेका विद्यार्थी पाउनै गाह्रो छ । त्यसमाथी प्राविधिक शिक्षा पढ्नेहरु निकै कम छन्,’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा उत्प्रेरणा दिनका लागि छात्रबृत्तिको कार्यक्रम ल्याएका हौं ।’ त्यहाँ एउटा मात्रै मावि छ ।

पालिकाले एसइई दिएर प्लस टु पढ्न चाहने विद्यार्थीलाई पनि अवस्था हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यो सहयोगको रकम भने खुलाइएको छैन । धेरैतिर चर्चाका लागि परिणाम नआउने निर्णय गरिरहँदा गण्डकीका अन्य केही पालिकाले पनि शिक्षामा जोड दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ३७ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा