मानसिक समस्याबाट बालबालिकालाई कसरी जोगाउने ? | Khabarhub Khabarhub

मानसिक समस्याबाट बालबालिकालाई कसरी जोगाउने ?



समय धेरै परिवर्तन भएको छ। अझ भनौं प्रविधिले धेरै फड्को मारेको छ। बच्चा जन्मिएको थोरै समयबाट नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलको प्रयोग बढ्दो छ।

यो समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यो आचरणले विस्तारै ‘एडिक्सन’तर्फ लैजान सक्छ भनेर विज्ञले प्रक्षेपण गरेका छन्। आमा–बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारीको ग्राफ ओरालो लाग्दै छ।

यहाँसम्मकी बच्चा रुँदा फकाउन मोबाइल दिनुपर्ने बाध्यात्मक अवस्था आएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको विकराल रुप हो। पछिल्लो समय व्यस्तताले गर्दा बालबालिकालाई समय दिन नसक्नेको संख्या बढ्दो छ।

अभिभावकले समय नदिँदा मानसिक रोग

अभिभावकले समय नदिँदा बालबालिकामा विभिन्न असर पर्छ। अभिभावकको काम बच्चा हुर्काउने मात्र होइन। धेरै पक्षमा ध्यान दिनुपर्छ। अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक पक्ष बढ्ने, बानीमा कन्ट्रोल हुने, पढाइमा समस्या आउने र मानसिक समस्यासमेत देखा पर्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

अभिभावकले समय नदिँदा सबै बालबालिकामा मानसिक रोग हुँदैन। बच्चाले अरु कुनै समस्या झेल्नुपरेको छ छैन बुझ्नुपर्छ। तर, अभिभावकले समय दिँदा आउने समस्या कम हुन सक्छन्।

बालबालिकालाई मानसिक समस्या आउनुको मुख्य कारण भनेको बुलिङ पनि हो। हामीले हेर्दा सामान्य लागेपनि बच्चाको लागि यो एकदमै ठूलो समस्या हो। अभिभावकले आफ्नो बच्चालाई सबै कुरा सोध्ने, के भइरहेको छ भनेर ध्यान दिने गरेका छन् भने एक्सन लिन सकिन्छ।

बालबालिकामा दुर्व्यवहार भइरहेको छ भने अभिभावकले समय दिएमा उनीहरुले खुलेर भन्न सक्छन्। समय नदिए उनीहरुले अभिभावकको माया पाउनका लागि नकारात्मक बाटो खोज्छन्। अभिभावक भएको भन्दा नभएको बालबालिकामा मानसिक रोगको समस्या बढी पाइन्छ।

बालबालिका होस्टेलमा राख्नु हुँदैन

बालबालिकालाई सकेसम्म होस्टेल राख्नु हुँदैन । बालबालिकालाई होस्टेलमा राख्ने बाध्यता जस्तै हो। राम्रो शिक्षा दीक्षाको लागि अभिभावकले मन नलागे पनि होस्टेलमा राख्नुपर्ने हुन्छ। विदेशतिर होस्टेलमा राख्नै दिँदैनन्।

बालबालिकाले सिक्ने शिक्षा मात्र होइन। शिक्षालाई लागू गरेर राम्रो मान्छे बन्न सक्नुपर्छ। यो सिक्ने समयमा बालबालिकालाई परिवारसँगै राख्नुपर्छ। स्कुलमा शिक्षकले मात्र सिकाएर हुँदैन। आफ्नो अभिभावकले के–गर्नुहुन्छ, के गर्नुहुँदैन ? भन्ने कुरा सिकाउनुपर्छ।

उनीहरुले अभिभावकले गरेको देखेर पनि सिक्ने गर्छन्। सकेसम्म होस्टेलमा राख्नु राम्रो होइन। यदि बाध्यता छ भने मात्र होस्टेल राख्नुपर्छ।

मानसिक समस्या थाहा पाउने तरिका

बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धेरै जनालाई भ्रम छ। मानसिक समस्या ठूलो मान्छेलाई चिन्ता परेपछि हुने भनेर सोचिन्छ। तर, ठूलो संख्यामा मानसिक समस्या सुरु हुने बाल्यकालमा हो।

बाल्यकालमा करिब ४० प्रतिशत समस्या सुरु भइसकेको हुन्छ। मानसिक समस्या भएको बालबालिकाको भाव व्यक्त गर्ने तरिका, प्रस्तुति फरक हुन्छ। धेरै बालबालिकाले पढ्नमा भन्दा खेल्नमा ध्यान दिन्छन्।

राम्रो भइरहेको पढाइ एक्कासी बिग्रियो भने अभिभावकले के कारणले हो भनेर बुझ्नुपर्छ। पहिला धेरै रिसाउने, झगडा गर्ने बानी थिएन। तर, पछि यस्तो बानी देखा पर्यो भने समस्याको बारेमा बुझ्न जरुरी हुन्छ। यसलाई बालबालिकाको मानसिक समस्याभन्दा पनि बानी व्यवहारमा समस्या भनेर हेर्ने गर्छौ।

उपचारको अवस्था
अहिले नेपालको धेरै ठाउँमा उपचार सम्भव छ। हामीले के कस्तो समस्या हो भनेर चिकित्सकलाई देखाउनुपर्छ। कुन लेभलमा समस्या बढिरहेको छ। मानसिक समस्याको सुरुमै औषधि दिइदैन। अरु विभिन्न सल्लाह र थेरापीबाट यो समस्याको उपचार सुरु गर्नुपर्छ।
कसैलाई बाल्यकालमा कडा खालको सन्तुलन गुमाउने रोग पनि सुरु हुन्छ। यस्तो समस्या छ भने औषधि नै सुरु गर्नुपर्ने हुन्छ। तर, अरु अवस्थामा औषधि नखाई ठिक हुनसक्छ।

नेपालमा कहाँ कहाँ छ परामर्श लिने ठाउँ ?

अहिले धेरै ठाउँमा यो रोगको परामर्श लिन सकिन्छ। जहाँ नजिक छ, जहाँ जान सकिन्छ त्यहाँ पुगेर परामर्श लिन सकिन्छ। चिकित्सक भएको ठाउँमा पुगेर यो विषयमा छलफल गर्न सकिन्छ। गाउँ गाउँबाट जाँच गर्न काठमाडौं आइपुग्नुपर्ने बाध्यता छैन। हामीले चाहेमा जतासुकै जाँच गरेर परामर्श लिन सक्छौँ।
पाँच वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आकाश जमिनको फरक छ। परामर्श लिन नसक्ने अवस्था छैन।

समस्या आउन नदिन के गर्ने ?
मुख्य कुरा अभिभावकले बालबालिकालाई समय दिनुपर्छ। बालबालिकालाई अभिभावकले सक्ने जति सहयोग गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, खेलकुदमा समय दिनुपर्छ। कति बालबालिकालाई अभिभावकले नसोधी आफ्नो कुरा खोल्दैनन्। उनीहरुलाई कसरी हुन्छ, सबै समस्याको बारेमा भन्न लगाउनुपर्छ। उनीहरुले सानो समस्यालाई पनि गहिरो रुपमा बुझेका हुन्छन्।

हुर्कदै गएपछि आफ्नो शारीरिक बनावटमा आउने परिवर्तनमा पनि उनीहरु रुमल्लिरहेका हुन्छन्। यो कुराले पनि उनीहरुले तनाव लिएका हुनसक्छ। अभिभावकले डर नदेखाई समय दिएर उनीहरुका समस्या बुझनुपर्छ। (मनोचिकित्सक डा. ऋषभ कोइरालासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : १० बजे

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन