सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाया राजापाक्षे | Khabarhub Khabarhub

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाया राजापाक्षे


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ ।

राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ०७ बजे

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले