रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट, विश्वभर अशान्ति  : जेलेन्स्की | Khabarhub Khabarhub

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट, विश्वभर अशान्ति  : जेलेन्स्की


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तिएको टिप्पणी गरेका छन्। रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झट्का’ सिर्जना गर्नु रहेको  जेलेन्स्कीको भनाई छ ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी  एजेन्डालाई फाइदा पुर्‍याएको उनले बताए । श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलव ६ अर्ब मानिस वित्त, खाद्य र ऊर्जा संकटमा छन्।  आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ । मुद्रा सञ्चितिको अभावका कारण इन्धन आपूर्ति हुन सकेको छैन। खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तुको आयात हुन नसक्दा सर्वसाधारण मानिस सरकारविरुद्ध क्रुद्ध बनेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ८ : ३४ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र