कमेडियनसँग 'प्रकाश' टुर  | Khabarhub Khabarhub

कमेडियनसँग ‘प्रकाश’ टुर 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाहिरिएका कन्टेनमार्फत दर्शकमाझ आफ्नो पहिचान स्थापित गरिरहेको फिल्म ‘प्रकाश’ युनिटले मोफसलमा दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । द्वन्द्वको समयमा एक शिक्षित युवाले शिक्षक बन्न गरेको संघर्षको कथा भन्ने फिल्मको ‘मोफसल टुर’ भने कमेडी सहितको हुनेछ । द्वन्द्वको परिवेशमा एउटा परिवारले भोगेको पिडालाई चित्रण गर्ने फिल्मको बारेमा जानकारी दिन टिमसँगै युवापुस्ताका कमेडियनहरु हुनेछन् ।

टेबल मुनीबाट नामक स्ट्यान्ड अप कमेडी टुरमा फिल्मका प्रकाश अर्थात् प्रदीपसँगै केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरु भई भदौ ५ गते काठमाडौँमा टुङ्गिने छ । असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ विराटनगर, श्रावण २७ र २८ हेटौँडामा र भदौ ३, ४ र ५ गते काठमाडौँमा कार्यक्रम आयोजना हुनेछ ।

काठमाडौँमा हुने इभेन्टमा मोफसलमा सहभागी कमेडियनसँगै अन्य कलाकारहरुको समेत उपस्थिति रहनेछ। फिल्म टिमले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकाश सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : १० बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र