बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने | Khabarhub Khabarhub

बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आगमी १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयमा कार्यरत करारका कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरेको नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिइसकेको छ।
`कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ,´ नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय हुन बाँकी छ । `बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ,´ प्रवक्ता महतोले भने ।

नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन्।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया छ । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : १० बजे

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

लिपुलेकबारे विश्वप्रकाशले सुझाएका ६ कदम

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेपाल र भारतले सीमा विवाद

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने