पारिश्रमिक नै सय करोड « Khabarhub

पारिश्रमिक नै सय करोड


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पा: द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरू यसको सिक्वेल ‘पुष्पा २ : द रूल’ को तयारीमा छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरु यसपटक फिल्मलाई भव्य बनाउन चाहन्छन्। त्यसको लागि फिल्मको केही दृश्यलाई रि-राइट समेत गरिएको छ।

बढ्दो लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् । अल्लूले ‘पुष्पा: द राइज’का लागि ५० करोड पारिश्रमिक लिएका थिए । तर यसको सिक्वेलका लागि भने उनले सय करोड पारिश्रमिक राखेका छन् । फिल्म उनकै पिता अल्लु अरविन्दको प्रोडक्सन हाउसले निर्माण गर्ने भएता पनि पारिश्रमिक स्टार भ्यालु अनुसार तय गरिएको बताइएको छ।

अल्लूमात्र होइन, ‘पुष्पा’ निर्देशक सुकुमारले पनि सिक्वेलका लागि पारिश्रमिक बढाएका छन् । ‘पुष्पाको सिक्वेलका लागि अल्लू अर्जुनले अन्य फिल्म समेत साइन गरेका छैनन्।  उनको समय र स्टारडमको ख्याल गर्दै पारिश्रमिक राखिएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२