काठमाडौँ- गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पा: द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरू यसको सिक्वेल ‘पुष्पा २ : द रूल’ को तयारीमा छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरु यसपटक फिल्मलाई भव्य बनाउन चाहन्छन्। त्यसको लागि फिल्मको केही दृश्यलाई रि-राइट समेत गरिएको छ।
बढ्दो लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् । अल्लूले ‘पुष्पा: द राइज’का लागि ५० करोड पारिश्रमिक लिएका थिए । तर यसको सिक्वेलका लागि भने उनले सय करोड पारिश्रमिक राखेका छन् । फिल्म उनकै पिता अल्लु अरविन्दको प्रोडक्सन हाउसले निर्माण गर्ने भएता पनि पारिश्रमिक स्टार भ्यालु अनुसार तय गरिएको बताइएको छ।
अल्लूमात्र होइन, ‘पुष्पा’ निर्देशक सुकुमारले पनि सिक्वेलका लागि पारिश्रमिक बढाएका छन् । ‘पुष्पाको सिक्वेलका लागि अल्लू अर्जुनले अन्य फिल्म समेत साइन गरेका छैनन्। उनको समय र स्टारडमको ख्याल गर्दै पारिश्रमिक राखिएको छ।
प्रतिक्रिया