उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द | Khabarhub Khabarhub

उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेको छैन । 

उद्योग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । उनले भने, ‘विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेको छ ।’

उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । प्राधिकरणको लहान सबस्टेशनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बूमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ । प्राधिकरणको लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछी उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु कोरिडोरमा उत्पादन भएको बिजुली बितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट विद्युत आपूर्ति गरिँदैछ ।

प्राधिकरण गाईघाट बितरण केन्द्रका प्रमुख पंकज गोइतले गत ९ असारमा लाहान सबस्टेशनमा भएको ६३ एमभीएको ट्रान्सफर्मर क्षतिग्रस्त बनाएकाले समस्या भएको बताए । उनले भने, ‘प्राधिकरण रातदिन नभनी मर्मतमा लागेको छ । मर्मत अन्तिम चरणमा पुगेकोले केही दिनमा आपूर्ति हुनेछ । चट्याङले करोडौँको क्षति पुगेको छ ।’ 

विद्युतको भोल्टेज कम भएकाले उद्योग बन्द हुन पुगेको हो । पूर्ण रूपमा मर्मत नभइ उद्योग सञ्चालनमा आउन सक्दैन । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराएको दाबी गर्दछ । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले आवश्यक पर्ने दैनिक २ मेगावाट दिइरहेका छौँ ।’ 

उनले दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्नुभन्दा विद्युत् भोल्टेज सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक राख्न सुझाव दिए । उनले भने, ‘समस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंक मर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्र समेत पठाएका छौ ।’ 

प्राधिकरणले आवश्यक विद्युत उपलब्ध गराएको बताइरहँदा घरेलु प्रयोजनका निम्ति जडान गरिएका मोटर, पंखा, फ्रिजसमेत सञ्चालन भएका छैनन् । कम भोल्टेजकै कारण गाईघाटस्थित दैनिक पत्रिका छपाइमा समेत समस्या आएको सिम्रिक दैनिकका कार्यकारी सम्पादक सुखिलाल चौधरीले बताए । 

विद्युत आपूर्ति सन्तुलन नहुँदा रेडियो सञ्चालन गर्न पनि कठिन भएको गाईघाटस्थित रेडियो त्रियुगाका स्टेशन म्यानेजर कौशल चेम्जोङ बताउँछन् । यता, नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका प्रमुख गोईत शुक्रवार साँझ सम्मका समस्याको समाधान हुने बताउँछन् ।  

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ३९ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि