खोटाङका १० वटै स्थानीय तहमा बेरुजु | Khabarhub Khabarhub

खोटाङका १० वटै स्थानीय तहमा बेरुजु


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका १० वटै स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ७ करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औंल्याइएको छ । 

२ अर्ब ३ करोड ५३ लाख ७२ हजारको लेखा परीक्षण गर्दा दिक्तेल रूपाकोट मझुवागढीमा ३.७० प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ७ करोड ६४ लाख ४१ हजार सहित आर्थिक वर्ष २०७७/०७८ मा कुल १ अर्ब ६ करोड २५ लाख २४ हजार आय भएको नगरपालिकामा ९७ करोड २८ लाख ४८ हजार भएको थियो । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखिएको छ । लेखा परिक्षण रकम १ अर्ब २० करोड ३ लाख २८ हजार रहेको हलेसी तुवाचुङमा ४.५४ प्रतिशत बेरुजु देखाइएको छ । गत वर्षको जिम्मेवारी सरेर आएको ५ करोड ५१ लाख २ हजार सहित ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको सो नगरपालिकामा ५९ करोड ९० लाख ७४ हजार खर्च भएको थियो ।

महालेखाले केपिलासगढी गाउँपालिकामा ५ करोड ६ लाख १२ हजार बेरुजु देखाएको छ । ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गर्दा ६.३१ प्रतिशत बेरुजु औँल्याइएको हो । अघिल्लो वर्ष जिम्मेवारी सरेर आएको ५ करोड ४ लाख २४ हजार सहित जम्मा ४१ करोड ६८ लाख ५१ हजार आय भएको केपिलासगढीमा ३८ करोड ५३ लाख ४८ हजार खर्च भएको थियो । 

यस्तै, खोटेहाङ गाउँपालिकामा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । महालेखाले १ अर्ब २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ बेरुजु भेट्टाएको हो । जिम्मेवारी सरेर आएको ४ करोड २० लाख ११ हजार सहित जम्मा ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएकोमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको थियो । 

जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षण गर्दा ६.८२ प्रतिशत बेरुजु देखिएको हो । जिम्मेवारी सरेर आएको २ करोड ५९ लाख २३ हजार सहित जम्मा ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको गाउँपालिकाले ४० करोड ८ लाख ३१ हजार खर्च गरेको थियो ।

महालेखाका अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ । १ अर्ब ७ करोड ६२ लाख ११ हजारको लेखा परीक्षण गर्दा ३.१४ प्रतिशत बेरुजु भेट्टाइएको थियो । जिम्मेवारी सरेर आएको ८२ लाख ७१ हजार सहित जम्मा ५९ करोड २७ लाख ४ हजार आय भएको गाउँपालिकाले ४८ करोड ३५ लाख ७ हजार खर्च गरेको थियो । 

यस्तै, बराहपोखरी गाउँपालिकामा ४ करोड ३१ लाख ८५ हजार बेरुजु पाइएको छ । ६४ करोड ८८ लाख २९ हजारको लेख परीक्षण गर्दा ६.६६ प्रतिशत बेरुजु देखिएको हो । जिम्मेवारी सरेर आएको ६ करोड ९८ लाख ८२ हजार सहित ३० करोड ८४ लाख ८० हजार आम्दानी भएको बराहपोखरीले ३४ करोड ३ लाख ४९ हजार खर्च गरेको थियो ।

रावाबेँसी गाउँपालिकामा २ करोड ४९ लाख ३३ हजार बेरुजु औंल्याइएको छ । महालेखाले ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गर्दा ३.३५ बेरुजु भेटेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ४ करोड ५८ लाख ३९ हजार सहित जम्मा ३६ करोड ९८ लाख ७० हजार आय भएको गाउँपालिकाले ३७ करोड ४० लाख २० हजार खर्च गरेको थियो । 

साकेला गाउँपालिकामा १ करोड ४६ लाख ८६ हजार देखिएको छ । ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा २.१३ प्रतिशत बेरुजु पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जिम्मेवारी सरेर आएको २ करोड ६३ लाख ५९ हजार सहित जम्मा ३४ करोड ६० लाख २० हजार आम्दानी भएको गाउँपालिकामा ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको थियो । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ५८ बजे

जेनेभामा भएको स्वास्थ्यमन्त्रीहरुको बैठकमा मन्त्री पौडेलको सम्बोधन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका

प्रधानमन्त्रीले दिए टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौं– नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि